प्रदेश १ मा थप ११ जनामा संक्रमण

प्रदेश १ मा थप ११ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीको ल्याबमा परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाँईले जानकारी दिइएको छ ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ५७८ पुगेको छ । मंगलबासम्म डिस्चार्ज हुनेको संख्या ३९२ जना रहेका छन् । अस्पतालमा उपचार १८६ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्