समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ ।
पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र सिमित भएको बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ संक्रमित १४ जिल्लाका भएपनि संक्रमण १४ जिल्लामा छैन ।’

प्रदेश १ मा समुदायमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले समुदायमा नभएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘समुदायमा संक्रमण भए प्रकट हुने थियो ।’ कोरोना संक्रमितहरु उपचार पछि घर फर्कनेको अनुपात राम्रो भएको उहाँको भनाई छ । प्रदेशको अवस्था सकारात्मक भएपनि चुनौति भने यथावत रहेको मन्त्री घिमिरेले बताउनुभयो । भारतले कोरोना निदान गरेको घोषणा नगर्दा सम्म प्रदेश १ को चुनौति भने कायमै रहने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा कोरोना भाईरसको खोज पड्ताल, परीक्षण र उपचारका क्षेत्रमा गरिएको कार्यबारे पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । सामाजिक विकास मन्त्रालयले भोली देखि नियमित मिडिया व्रिफिङ गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार हरेक देखि २ देखि २ ः ३० बजे भित्रमा मिडिया व्रिफिङ गरिने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्