विराटनगरमा लियो ग्लोबलद्वारा ७० पिन्ट रगत संकलन

विराटनगरमा  लियो ग्लोबलद्वारा ७० पिन्ट रगत संकलन

विराटनगर । रगत आभाव भएको अवस्थामा  लियो ग्लोबलद्वारा  रगत संकलन गरिएको छ । लियो ग्लोबल क्लब अफ बिराटनगर र करिम फाउन्डेसनद्वारा  आज रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको हो ।

बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबल र लियो लिवर्टीको आयोजना बिराटनगर–१५ मा ७० पिन्ट रगत संकलन गरिएको थियो ।

रगत को चरम अभाव भएको अवस्थामा आफू हरुले विभिन्न सस्थाहरुसँग सहकार्य गरि बिरामिलार्इ सहज होस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक लियो ग्लोबलका अध्यक्ष मोजाहिद अन्सारि ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्