जीपी कोइराला फाउण्डेसनको युवा कार्यदल

जीपी कोइराला फाउण्डेसनको युवा कार्यदल

विराटनगर । जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ ।  फाउण्डेसनको उदेश्य प्राप्तिका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन यूवा कार्यदल गठन गरिएको हो ।

फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा मंगलबार कार्यदल गठन गरिएको मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए । कार्यदलको संयोजकमा अंकित पोखरेल, सह संयोजक रोशिका अधिकारी, साइच्छा थापा, लोकेश पोखरेल, सविन भट्टराई, सचिव डेनिस सापकोटा, सहसचिव अस्मी रेग्मी, कोषाध्यक्ष सरोजकुमार खनाल रहेका छन् ।

सदस्यहरुमा अनिसा पासवान, एनिस आचार्य, स्वरुप खनाल, सुवेन्द्र धमला, पूर्णिका सिंह र श्रीयम पोखेरेल रहेका छन् । यस्तै फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा असार १७ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण र बुधवार साँझ दीप प्रज्वलन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्