… त्यसपछि उनले आफ्नै बाबुमाथि बन्चरो प्रहार गरे

… त्यसपछि उनले आफ्नै बाबुमाथि बन्चरो प्रहार गरे

विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् ।
विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिइएको हो । उनले असार १३ गते बिहान ५ बजे सुतिरहेका आफ्ना बुबालाई बन्चरो प्रहार गरेपछि फरार रहेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईद्वारा सम्प्रेषित प्रेस नोटमा उल्लेख गरिए अनुसार नाबालक छोराले बन्चरो हानेका बुबाको असार १४ गते साँझ मृत्यु भएको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा घरमा बालककी जेठी दिदी र मृतकका जेठी छोरीको असार ९ गते विवाह थियो । पाहुना आएकामध्ये मृतककी दिदी अथवा बालकको फुपु दिदीको नातिले ओछ्यान् मुतेको आरोपमा मृतकले श्रीमतीलाई असार १२ गते साँझ कुटपिट गरेका थिए ।
बच्चाले मुतेको ओछ्यानका कपडाहरू धोएर आमाले सुकाएपनि बाबुले बारम्बार निहुँ खोजेर आमालाई कुटेको देखेका छोराले त्यसको भोलिपल्ट बिहान ओछ्यानमै बन्चरोले हानेर फरार भएका हुन् । आमा र बुबा सँगै सुत्ने ओछ्यानबाट आमा बाहिर निस्केको अवस्था हेरेर उनले बन्चरो प्रहार गरेको मोरङ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

छोरोले बञ्चरोले सुतिरहेको बुबाको निधारमा प्रहार गरी घर नजिक रहेको पोखरीमा बञ्चरो फाली फरार थिए, प्रवक्ता राईद्वारा प्रेसित नोटमा भनिएको छ, उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्