सुनको भाउ प्रतितोला ५ र चाँदीमा १५ रुपैयाँले भाउ बढ्यो

सुनको भाउ प्रतितोला ५ र चाँदीमा १५ रुपैयाँले भाउ बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
हिजो भने प्रतितोला सय रुपैयाँ घटदै छापावाल सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज भने तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन ९० हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँले नै बढेको हो ।
यस्तै महासंघका अनुसार चाँदीमा पनि प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । हिजो (मंगलबार) प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्