मदिरा सेवन गरी विराटनगरको म्याक्स अस्पतालमा पेट्रोल बम फाल्ने दुईजना पक्राउ

मदिरा सेवन गरी विराटनगरको म्याक्स अस्पतालमा पेट्रोल बम फाल्ने दुईजना पक्राउ

विराटनगर । विराटनगरको महेन्द्रचौक नजिकै दक्षिणमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम बनाएर फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान करिब ३ बजेको समयमा बियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न भएको आरोपमा विराटनरगर जनपथ टोलका मेलिस लामा र सन्तबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले जानकारी दिए ।

अस्पतालमा आज बिहान ३ बजे प्रवेश गर्दै सुरक्षा गार्डलाई समेत हातपात गरेको म्याक्स हस्पिटलका मेनेजर हेमनारायण मेहताले जानकारी दिए । अस्पतालमा सुरक्षारर्थ खटिएका गार्ड पेसल बस्नेत माथि हातपात भएको अस्पतालले जनाएको छ ।
प्रहरीले भने पेट्रोल बम प्रहार नभएको बताएको छ । नियन्त्रणमा लिएका २ व्यक्तिमा थप अनुसन्धान भईरेहको एसपी खड्का बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्