मुख्यमन्त्री राईले रोष्टमबाट भने : बजेटमा त्रुटी छ, सच्याइन्छ

मुख्यमन्त्री राईले रोष्टमबाट भने : बजेटमा त्रुटी छ, सच्याइन्छ

विराटनगर । मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७७÷२०७८ को बजेटमा रहेको समस्या सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
बजेटको विषयमा प्रदेशसभामा प्रदेशसभा सदस्यरुले उठाएका सवालको जवाफ दिदैं मुख्यमन्त्री राईले कमजोरी देखिएको विषय सच्याउँदै अगाडी बढ्ने बताएका हुन् ।

उनले कमजोरी सच्याउने मात्रै नभई राम्रोलाई समेत नकारात्मक देख्ने धारणलाई प्रदेशसभा सदस्यहरुले पनि सच्याउनु पर्ने सुझाव समेत दिएका थिए । प्रतिपक्षी मात्रै नभई सत्ता पक्षका सदस्यहरुले समेत बजेटबारे चर्को आलोचना र असन्तुष्टि जनाएपछि मुख्यमन्त्री राई उनीहरुलाई राम्रोलाई राम्रो भन्न नसक्ने समस्या रहेको जवाफ दिएका थिए ।

नकारात्मक मात्रै सोचेर आफूलाई मानसिक रोगी नबनाउनु भन्ने कडा टिप्पणी गर्दै मुख्यमन्त्री राईले रातोलाई रातो र कालोलाई कालो भन्नसक्नु पर्नेमा जोड दिएका छन् । नकारात्मक मात्रै सोचले संघीयता कार्यन्वयन अफ्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री राईले समृद्धिको सपना गलत सोचले पुरा नहुने विश्वास व्यक्त गरेका हुन् ।

बजेटमा केहि कमजोरी रहेकोले त्यसलाई सच्याउन तयार रहेको जवाफ प्रदेशसभामा मुख्यमन्त्रीको थियो । ती कमजोरी के–के हुन् भन्ने कुरा भने औल्याएनन् । तर, उनले पछाडीको ढोकाबाट योजना छिराउने र बजेट लानेहरुलाई अंकुश लगाउँदा असन्तुष्टि पोख्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।
उनले पार्टीको संसदीय दलको नेता एवं मुख्यमन्त्रीको नेतृत्वमा बजेट निर्माण भएकोले सत्तापक्षका सदस्यहरु खुशी हुनुपर्ने बताउँदै डटेर कुरा राख्न नसकेको भन्दै आलोचना गरेका छन् ।

मन्त्रालयगत रुपमा सामाजिक विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा बजेटका शिर्षकमा शंकाहरु देखिएकोले त्यसलाई सच्याउन आफ्नो ध्यानाकर्षण भएको उनको भनाई थियो । त्यस बाहेकका मन्त्रालयले फजुल खर्चका लागि बजेटमा राखेका योजनामा भने उनले कुनै आलोचना गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्