इलाममा थप दुईजनामा संक्रमण

इलाममा थप दुईजनामा संक्रमण

इलाम । इलाममा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १० जना पुगेको हो ।
पछिल्लो पटक सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो ।

उनीहरु असार ८ र ९ गते क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परीक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न बिपुल अधिकारीले जानकारी दिएका छन् ।
दुवै जनालाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाइने भएको छ ।
इलामका हालसम्म पोजेटिभ देखिएका १० जना मध्ये ओमानबाट ३ जना, भारतबाट आएका ४ जना, कुवेतबाट आएका २ जना र साउदी अरबबाट आएका १ जना छन् ।

संक्रमित मध्ये २ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । इलाममा पहिलो कोरोनाको संक्रमण जेठ २७ गते देखिएको थियो । जेठ ३० गते दोश्रो संक्रमण देखिएको इलाममा असार १३ गते एकै दिन ५ जनाको रिर्पोट पोजेटिभ आएको थियो । असार १४ गते १ जना र आज २ थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्