आज फेरी थपिए ४८२ कोरोना संक्रमित , नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

आज फेरी थपिए ४८२ कोरोना संक्रमित , नेपालमा संक्रमितको संख्या १४ हजार नाघ्यो

विराटनगर । नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् ।

जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६ र मंगलबार ३१६ कोरोना संक्रमित फेला परेका थिए । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि चार हजार ६५६ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म दुई लाख ३३ हजार २२७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ४८ हजार ३६२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३६० कोरोना संक्रमितहरु रहेका छन् । दक्षिण पीसीआर परीक्षण गर्ने मुलुकहरुमा नेपाल अफगानिस्तान, पाकिस्तान, भारतभन्दा अघि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्