विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ४५ वर्षीय एक पुरुष रहेका छन् । उनी मधुमेहको बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ । हालसम्म देशभर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।