प्रदेश १ मा २६ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा २६ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपोखरीमा दुईजना पुरुष, झापाको मेचीनगरमा ६ जना महिला १ पुरुष, बुद्धशान्तिमा दुईजना महिला र ३ जना पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, सुनसरीको इहटरीमा १ एकजना महिला, इलामको सुर्योदयमा दुईजना महिला र ताप्लेजुङ फुङ्लिङमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा कोरोना भाईरस उपचारपछि घर फर्किनेको संख्या ३९२ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्