विराटनगरका सडकमा खटिने ट्राफिक प्रहरीलाई १५ सय थान माक्स र सेनीटाइजर

विराटनगरका सडकमा खटिने ट्राफिक प्रहरीलाई १५ सय थान माक्स र सेनीटाइजर

विराटनगर । सवारी आवागमन व्यवस्थानका लागि सडकमा डीउटीमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल ईन्डिपेन्डेन्ट हुमेन फाउण्डेशन विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वा स्थ्य सामाग्री उपलब्ध गराएको हो ।

मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा सडकमा दिनरात नभनी खटिनु पर्ने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको फाउण्डेशन अध्यक्ष सविता पुरी आचार्यले जानकारी दिएकी छिन् । फाउण्डेशनले एकहजार ५०० थान माक्स र पाँचसय थान पन्जा तथा ९० थान सेनिटाइजर उपलब्ध गराएको हो ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले फ्रन्टलाइनमा रहेर डीउटीमा खटिनु पर्ने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरेका छन् । कार्यालयमा सहयोग प्राप्त भएको सेनिटाइजर मातहतमा वितरण गरिने उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्