लियो बहुजिल्ला अध्यक्षमा बिराटनगरका रन्जित

लियो बहुजिल्ला अध्यक्षमा बिराटनगरका रन्जित

विराटनगर । लियो बहुजिल्ला परिषद् ३२५ नेपालको अध्यक्षमा बिराटनगरमा रहेर सामाजिक काममा सक्रिय युवा रन्जित भगत निर्वाचित भएका छन् ।  हरेक बर्ष जुलार्इ १ बाट सुरु हुने एकवर्षे कार्यकालका लागि भगत निर्वाचित भएका हुन् ।
बहु जिल्ला परिषद ३२५ नेपालको लियोको सर्वोच्च निकाय मानिन्छ ।  करिब ३५० क्लब र १५००० भन्दा बढी सदस्य रहेका छन ।

निर्वाचित भए पश्चात उनले सामाजिक काममा युवाहरुको सहभागितालाई अझ अघि बढाउदै समाजप्रतिको जिम्मेवार बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । त्यस्तै नेपालको लियोलाई अन्तर्राष्ट्रियसम्म पहिचान दिलाउन आफ्नो योगदान रहने भगतले दावी गरेका छन् ।

नेपालको लियो लाई ए वान, ए टु ,बि वान , बि टु गरि चार जिल्ला मा बिभाजित गरिएको छ र यसको समग्र रुप लियो बहुजिल्ला परिषद हो ।
भगतले यस अघि काठमाडौका केही क्षेत्र र पूर्वी नेपालका सबै भुभाग समावेस गरि बनेको लियो जिल्ला परिषद ३२५ ए वान को अध्यक्ष को रुपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरि सकेका छन् । त्यस्तै लायन्स क्लब अन्तर्राष्ट्रिय बाट दक्षिण एसिया र मध्यपूर्वको गरि १४ वटा देश समावेस भई बनेको इसामे क्षेत्रको एड्भाइजरी प्यानलिस्टको रुपमा समेत काम गरि रहेका छ्न् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्