रोटरी क्लव विराटनगरका अध्यक्षमा पर्यटन व्यावसायी भट्टराई

रोटरी   क्लव विराटनगरका अध्यक्षमा पर्यटन व्यावसायी भट्टराई

विराटनगर । रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन हुनुएको छ । भट्टराई सन् २०२०÷०२१ को लागि रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो । विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहनुभएको भट्टराईले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।


विराटनगर महानगरपालिका भित्रमा विराटनगर ग्रिन अभियान संचालन गर्ने उहाँले बताउनुभयो । ‘मेरो कार्यकालमा महानगर क्षेत्रको मुख्य शहरमा वृक्षारोपण गरि ग्रिन सिटीको अभियानलाई अगाडी बढाउने लक्ष्य लिएको छु,’ भट्टराईले भन्नुभयो । उहाँका अनुसार ग्रामिण बस्तीहरूमा समेत पुगेर सामाजिक कार्यलाई अगाडी बढाउने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्