मोरङको उर्लाबारीमा ६ जनासहित प्रदेशमा ११ संक्रमित थपिए

मोरङको उर्लाबारीमा  ६ जनासहित प्रदेशमा ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जना छन् । मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । प्रदेश १ बाट ४ सय डिस्चार्ज भएका छन् । बिहीबार संक्रमण देखिएकाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्