लोडरले थर्काउँदा पर्खाल भत्कियो, पुरिएर बालकको मृत्यु

लोडरले थर्काउँदा पर्खाल भत्कियो, पुरिएर बालकको मृत्यु

सप्तरी । ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनक कारण उत्पन्न कम्पनले पर्खाल भत्किँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ ।

खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलि रहेका बखत पर्खाल भत्किएको हो ।

लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किएको थियो । त्यहि बेला उनका १० बर्षीय छोरा उमेशको पुरिएका हुन् ।
घरका सबै जना काममा गएका कारण बालक भत्किएको पर्खालले च्यापिएको तत्काल कसैले थाहै पाएका थिएनन् । निर्माण कार्यमा संलग्नहरुलाई पनि वास्ता भएन । स्काभेटर लगाएर इँटा हटाउने क्रममा पुरिएका बालकको टाउकोमा चोट लाग्यो र, उनको मृत्यु भएको हो ।

आरसिसी ढलान गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
उपभोक्ता समितिमार्फत भएको काममा असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार गर्न खोज्दा बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् ।
वडाध्यक्ष सिंघेश्वर मण्डलले जानाजान घटना नगराएको र भवितव्य रुपमा भएको घटनाले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्