विराटननगरमा अबैध समानसहित मानिस पक्राउ

विराटननगरमा अबैध समानसहित मानिस पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीबाट भन्सार छली गरी ल्याएको करिव ५ लाख भन्दा मूल्य बराबरको अबैध समानसहित ६ जनालई पक्राउ गरिएको छ ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाईकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा सामान पक्राउ गरेको हो ।

प्रहरीले टेम्पो चालक बिराटनगर–१५ का राजा पासवान सहित बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरीलाई समते पक्राउ गरेको छ ।
निजहरुको साथबाट प्रहरीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३० हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ता कपडा बरामद गरेको छ। बरामद भएको समान , पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्