स्वर्गिय कोइरालाको जन्मोत्सवमा विराटनगरमा रक्तदान

स्वर्गिय कोइरालाको जन्मोत्सवमा विराटनगरमा रक्तदान

विराटनगर । पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ९६ औ जन्म जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
रगतको अभाव हुँदै गएको अवस्थामा काँग्रेसका पूर्व सभापति स्व.कोइरालाको जन्म जयन्तीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सर्वसाधारणसहित नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काङ्ग्रेस मोरङ्ग सभापती डिगबहादुर लिम्बु, नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीका कार्यबाहक सभापती अरुण न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
विराटनगरमा रगत अभाव सिर्जना भईरहेको समस्या लाई सहजीकरण गर्न स्व. कोईरालाको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली काङ्ग्रेस विराटनगर महानगर समितीका कार्यबाहक सभापति न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्