खुल्यो श्रम स्वीकृति, घर विदामा आएकाहरु विदेश जान पाउने

खुल्यो श्रम स्वीकृति, घर विदामा आएकाहरु विदेश जान पाउने

विराटनगर । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि(इन्ट्री) सुरु भएको छ । सरकारले गत फागुन ३० देखि बन्द गरेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो ।
विदामा देश आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिएका हुन् । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काममा जानका लागि अनुमति पाउने छन् ।

तर, नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गर्दै अधिकार दिएको थियो ।

अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनःश्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र सुरु भएको छ । विराटनगरको प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा सुरु हुने भएको छ ।
वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्हरु कोरिनु पर्नेछ । श्रम मन्त्रालयले नयाँ जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । तर, जानैपर्ने अवस्थामा कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्