विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर असार १९ गते । मोरङको बेलवारी नगरपालिका-९ घर भई बिराटनगर महानगरपालिका-१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार राती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरिको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्