२५ श्रावण २०७७, आईतवार

सुनचाँदीको भाउ सामान्य घट्यो , आजको मूल्य यस्तो

काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ सामान्य घटेको छ ।

बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार (आज) का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130