प्रदेश सरकारको निष्कर्ष  : कोरोना नियन्त्रणमा खुल्लासीमा र भारत मुख्यचुनौती

प्रदेश सरकारको निष्कर्ष  : कोरोना नियन्त्रणमा खुल्लासीमा र भारत मुख्यचुनौती

विराटनगर । प्रदेश १ सरकारले भारतमा बढ्दो कोरोना संक्रमण नेपालका लागि समेत चुनौतीको विषय रहेको भन्दै प्रतिवेदन सार्वजानिक गरेको छ ।
प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यलयका लागि हालसम्म भएको आम्दानी तथा खर्च प्रतिवेदन सार्वजानिक गर्दै भारत र खुल्ला सीमानाका मुख्य चुनौती रहेको उल्लेख गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा आयोजना गरेको प्रतिवेदन सार्वजानिक कार्यक्रममा भारतबाट लुकिछिपी आउनेहरुबाट कोरोना संक्रमणको चुनौती रहेको उल्लेख गरिएको छ ।
दक्षिणतर्फको सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुमाथि नियन्त्रण र निगरानी गर्न नसके प्रदेश १ मा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने आकंलन सरकारले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी विषम परिस्थितिका कारण नागरिकमा हुनसक्ने मानसिक समस्याको निरुपण गर्नका लागि मनोवैज्ञानिक उपचार पद्धती अपनाउन आवश्यक रहेको समेत प्रमुख सचिव दिनेश भट्टराईले सार्वजानिक गर्नु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भारत तथा विदेशबाट फर्केका नागरिकको व्यवस्थापन, आईशोलेसन र अस्पताल व्यवस्थापनका लागि थपिने दायित्व, सामाजिक दुरी, मास्क र निसंक्रमण जस्ता स्वास्थ्य प्रोटोकलको पालनासँगै आर्थिक मन्दिका कारण सिर्जना हुने बेरोजगारीको व्यवस्थापन सरकारका चुनौती रहेको उल्लेख गरिएको छ ।
सवल व्यवस्थापन :  मुख्यमन्त्री
प्रतिवेदन सार्वजानिक कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारको प्रवन्ध समयमै गरिएका कारण प्रदेश १ वासी आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्यमन्त्री राईले मजबुत पूर्व तयारी गरिएको दावी गर्दै प्रदेशवासीलाई ढुक्क रहन आश्वस्त पारेका हुन् ।
समुदायस्तरको संक्रमण नियन्त्रण गर्न सफल हुनुमा सवल पूर्व तयारीलाई मान्नुपर्ने मुख्यमन्त्री राईको जोड थियो । उनले सीमानाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकको समयमै व्यवस्थापन गर्न प्रदेश सरकारले चालेको कदम सहि सावित भएको दावी गरेका छन् ।

प्रदेश सरकारले सीमा क्षेत्रमा सुरक्षा निकायका अंगहरुलाई परिचालन र व्यवस्थापनमा अवलम्बन गरेको योजना सफल मानिएको र आईसोलेशन अस्पताल निर्माण र उपचारका खेलेको भूमिकाले डर र त्रासबाट मुक्त हुने अवस्था आएको मुख्यमन्त्री राईको जोड थियो ।
नेपाल भारत सीमा नाका पशुपतिनगर, भद्रपुर, रंगेली, रानी, भण्टाबारी हुँदै प्रवेश गर्नेहरुको संख्या पूर्वमानुमान गरेर होल्डिङ सेन्टर स्थापना र क्वारेन्टीन व्यवस्थापनमा सरकारले लिइएको कदमले संक्रमणलाई रोक्न सजिलो भएको मुख्यमन्त्री राईले बताएका छन् ।
व्यवस्थापनमा भएका कमजोरीहरुलाई सच्याउन र सुधार गर्न सरकार अझैसम्म सचेत रहेको बताउँदै मुख्यमन्त्री राईले अहिलेसम्मका कामको नतिजा सफल आएको दावी गरेका हुन् ।

भारतमा संक्रमणको दर बढ्दै गएकोलेले अझैसम्म सीमानाकालाई व्यवस्थिति बनाउनु पर्ने र लुकिछिपी प्रवेश गर्नेहरुमाथि निगरानी आवश्यक रहेकोले चुनौती रहेको उनको भनाई छ । कोभिड महामारीका कारण मानसिक समस्या बढ्न सक्ने बताउँदै यसको मनोवैज्ञानिक उपचार प्रणालीको विधी प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महशुस गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्