कोरोना रोकथाम, नियन्त्रण र उपचारमा २७ करोड खर्च

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा २७ करोड खर्च

विराटनगर । प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म २७ करोड ३३ लाख ८९ हजार ८९० रुपिँया खर्च गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार १७० रुपिँया, मन्त्रालयहरुको नियमित बजेट शिर्षकबाट ४ करोड ८१ लाख १८ हजार ७२० र नेपाल सरकारबाट प्राप्त भएमध्येबाट २ करोड ७० लाख रुपिँया निकासा तथा खर्च भएको हो ।

कोरोना नियन्त्रणका जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख एक हजार ९४१ रुपिँया रकम जम्मा भएको थियो । जसमा प्रदेश सरकार २५ करोड, नेपाल सरकार ४ करोड, बैंक तथा वित्तिय संस्था १ करोड ८६ लाख २ हजार २३६, प्रदेशका पदाधिकारी तथा कर्मचारी १ करोड ६४ लाख ६० हजार ९७५, उद्योगी तथा व्यवसायी ७४ लाख ८० हजार र अन्त संस्था तथा व्यक्तिबाट २८ लाख ५८ हजार ७३० रुपिँया जम्मा भएको प्रमुख सचिव भट्टराईले जानकारी दिनुभयो ।

मन्त्रालयत आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १५ करोड ३४ लाख रुपिँया निकासा तथा खर्च भएको छ । क्वारेन्टीन तथा होल्डिङ एरिया व्यवस्थापन, सुरक्षा व्यवस्थापन र परिचालन, स्थानीय तहलाई राहत वितरण सहयोग, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितिमार्फत कोरोना नियन्त्रण सम्बन्धी कार्य गर्नका लागि निकासा गरिएको उल्लेख छ ।
यसैगरी सामाजिक विकास मन्त्रालयले ९ करोढ ९९ लाख ८९ हजार ७४० रुपिँया खर्च गरेको छ । जसमध्ये कोरोना जनसुरक्षा कोषबाट २ करोड ४८ लाख ७१ हजार २० रुपिँया, मन्त्रालयको नियमित बजेट शिर्षक अन्तर्गत ४ करोड ८१ लाख १८ हजार ७२० रुपिँया र संघीय सरकारबाट प्राप्त २ करोड ७० लाख रहेको प्रमुख सचिव भट्टराईले जानकारी दिनुभयो ।

मन्त्रालयले आईशोलेशन अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापन, स्वास्थ्य सामाग्री तथा उपकरण खरिद, कोरोना परीक्षण, उपचार व्यवस्था, स्वास्थ्य सामाग्री ढुवानी, स्वास्थ्यकर्मी तथा संक्रमित व्यक्तिहरुको खाना, खाजाका लागि खर्च भएको उल्लेख गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र निर्माणका लागि २ करोड रुपिँया खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनचेतनामूलक सामाग्री प्रकाशनका लागि सञ्चारमाध्यममा ५० लाख १५० रुपिँया बराबरको खर्च गरेको प्रमुख सचिव भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्