विराटनगरमा थप तीनजनामा संक्रमण प्रदेश १ मा ३८ थपिए

विराटनगरमा थप तीनजनामा संक्रमण प्रदेश १ मा ३८ थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।
प्रदेश विभिन्न जिल्लामा ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरङको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्