नशालु पदार्थ खुवाएर बलात्कार गर्ने दुईजना माकलबारीबाट पक्राउ

नशालु पदार्थ खुवाएर बलात्कार गर्ने   दुईजना माकलबारीबाट पक्राउ

काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट  दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् । मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्