विराटनगर । पछिल्लो २४ घण्टामा २९३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको जानकारी दिए ।
कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३२ जनाका कोरोना निको भएर घर फर्किएका गौतमले बताए । उनका अनुसार हालसम्म ६ हजार ५४७ जना निको भएका छन् । क्वारेन्टिनमा आइतबार ३१ हजार ५७३ जना रहेका छन् ।