तस्करीको लाइन खुल्यो, केराउ, सुपारी, सुकमेल र छोकडा सीमा नजिक भण्डारण

तस्करीको लाइन खुल्यो, केराउ, सुपारी, सुकमेल र छोकडा सीमा नजिक भण्डारण

विराटनगर । समुद्रपारबाट नेपालमा पैठारी गरि भारततर्फ तस्करी हुने मालवस्तुको आयात चालु आर्थिक वर्षमा अधिक भएको देखिएको छ । व्यवसायीले सरकारले प्रतिबन्ध लगाउँद छ, भन्ने तीन महिना थाहा पाएपछि नेपालबाट भारत तस्करी हुने त्यस्ता वस्तुको पैठारी बढाएको देखिएको हो ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकमा चालु आवमा केराउ, सुपारी, सुकमेल र छोकडाको आयात गत आर्थिक वर्षको तुलनामा ह्वात्तै बढेको देखिएको छ । तर मरिचको आयात घटेको देखिन्छ ।
सरकारले यस्ता मालवस्तुमा ककडाइ गर्ने संकेत दिएको तीन महिनापछि मात्रै निर्णय ग¥यो । गत चैत १५ सम्म एलसी खोलिएका सुपारी, मरिच, केराउ, छोकडा, विदेशी रक्सी र ५० हजार डलरभन्दा बढीका गाडी गरी ६ वटा वस्तु जाँचपास गर्न र त्यसपछि एलसी खोलिएका भए जाँचपास नगर्ने निर्णय सरकारले गरेको थियो । यसबीच पुसको मध्यदेखि चैतको १५ सम्मको ३ महिनामा व्यवसायीले सामानको एलसी खोल्ने प्रशस्त अवसर पाएकाले जथाभावी मालसामान मगाएका हुन् ।

गत आर्थिक वर्षमा विराटनगर भन्सारबाट ७२ करोड २६ लाख मूल्यको १७ हजार १७७ टन केराउ आयात गरिएको थियो । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा १ अर्ब २९ करोड ८० लाख मूल्यको २८ हजार ८ सय ३५ टन केराउ आयात गरिएको छ । युक्रेन र क्यानाडाबाट केराउ आयात गरिन्छ ।
यसैगरी गत आर्थिक वर्षमा ७२ लाख मूल्यको ८७ टन छोकडा पाकिस्तानबाट नेपाल आयात भएको थियो । चालु आवको जेठ मसान्तसम्ममा १७ करोड ७५ लाख मूल्यको २ हजार ७२ टन छोकडा भित्रिसकेको छ ।
मलेसिया, सिंगापुर र थाइल्यान्डबाट पैठारी गरिने सुपारी समेत गत आर्थिक वर्षमा ४१ करोड १० लाख मूल्यको ३ हजार १ सय २७ टन सुपारी आयात भएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७५ करोड ५ लाख मूल्यको ५ हजार ४ सय ५३ टन आयात भइसकेको हो ।
ग्वाटेमालाबाट आयत गरिने सुकमेल गत आवमा ३५ हजार मूल्यको २ टन मात्र सुकमेल आयात गरिएकोमा चालु आवको जेठ मसान्तसम्ममा ७ करोड ४० लाख मूल्यको ५० टन सुकमेल आयात भएको हो ।

चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ५९१ टन मरिच भियतनामबाट आयात भएको छ । यसको मूल्य ६६ करोड ३६ लाख हुन्छ । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट १ अर्ब १४ करोड ४५ लाख मूल्यको २ हजार ७ सय ४५ टन मरिच आयात गरिएको थियो । यो तथ्यांकले मरिचको आयात भने घटेको छ । भारतमा मरिच प्रशस्त उत्पादन भएपछि नेपालबाट जाने मरिचको माग घटेका. व्यवसायीहरुको भनाई छ ।

सीमाको लाइन खुल्यो
मोरङ–सुनसरीका सीमा क्षेत्रका इलाकाबाट प्रहरीको मिलेमतोमा तस्करहरूले लाइन खुलेको छ । पछिल्लो समय बोर्डर क्षेत्रमा बसेर कारोबार गर्दै आएका कारोबारीले सशस्त्र र नेपाल प्रहरीका प्रदेश १ का डिआईजीहरुसँग लाइनको सेटिङ मिलाएका हुन् ।
लाइनको सेटिङ खुलेसँगै सुकेको हरियो केराउको मूल्यमा वृद्धि भएको छ । लकडाउनकै क्रममा नयाँ डिआईजी सरुवा भएर आएपछि सीमा लाइनको कारोबार गर्नेहरुले भेटेका थिए । त्यसबेला परिस्थिति सहज नभएको भन्दै संकेत नपाएपछि पछिल्लो एकसाता देखि लाइन खुलेको हो । मोरङका दरैया, मटेरुवा, तरिगामा, खयरबना, नोचा, मायागञ्ज, डाइनियाँ र रंगेली तस्करीका मुख्य नाका मानिन्छन् । सुनसरीका छिटाहा, भूटाहा, कप्तानगञ्ज, देवानगञ्ज र घुस्कीबाट तस्करी हुँदै आएको छ ।
लाइन खुलेसँगै एक हप्ताअघि सम्म सुकेको हरियो केराउको गोदाम मूल्य प्रति किलो ७२ रुपैयाँ थियो, अहिले ९५ रुपैयाँ पुगिसकेको छ । आयातित केराउको भण्डारण मोरङ र सुनसरीका कोल्ड स्टोरेजमा गरिएको छ । ती सामान क्रमशः सीमा नजिक पु¥याएर पारि कटाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्