सरकारले सञ्चालनको निर्णय नगर्दै विराटनगरका मेयर पराजुलीले उद्घाटन गरे जिमखाना

सरकारले सञ्चालनको निर्णय नगर्दै विराटनगरका मेयर पराजुलीले उद्घाटन गरे जिमखाना

विराटनगर । सरकारले सञ्चालन खुल्ला गर्ने निर्णय गरिनसक्दै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले सोमबार पुष्पलाल चौकमा जिमखानाको उद्घाटन गरेका छन् । दुई जना युवा प्रमेश न्यौपाने र आशिष घिमिरेले ८५ लाख रुपैँयाको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको एक्सट्रीम जिमखाना मेयर पराजुलीले उद्घाटन गरेका हुन् ।


मेयरले रिबन काटेर र पुजा गरेर उद्घाटन गरेको जिमखानामा अत्याधुनिक मल्टीजिम उपकरणहरु जडान गरिएको सञ्चालकमध्येका घिमिरेले जानकारी दिइएका छन् । उनले कोरोनाका कारण रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न आवश्यक रहेकोले स्वास्थ्य सुरक्षा प्रोटोकल पूरा गरेर सञ्चालनमा ल्याइएको दावी गरेका छन् ।
विराटनगर महानगरपालिकाका मेयर पराजुलीले उद्घाटन गरिराख्ने भनेर अथिति बोलाएपछि आफूले पुजा गरिदिएर फर्केको दावी गरेका छन् । उनले साइत पारेर शुभारम्भ मात्रै गर्ने भनेपछि आफु कार्यक्रममा सहभागी भईदिएको बताएका हुन् ।


दुई हजार एकसय स्क्वायर फिटको जिम हलमा एक पटकमा ८० जना क्षमता रहेको छ । यसमा १४ वर्षका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले सुविधा लिनसक्ने बताइएको छ । महिला र पुरुष दुवैका लागि उपयुक्त हुने सञ्चालक घिमिरेको दावी छ ।
स्वस्थ रहनका लागि शारिरीक तन्दुरुस्ती आवश्यक पर्ने भएको भन्दै मोरङ बढिबिल्डिङ एशोसिएशन मोरङले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई केहि दिन अगाडी ज्ञानप पत्र बुझाएको थियो । त्यस बखत हात धुनका लागि आवश्यक साबुन र पानी, मास्क र ग्लोब्स्, तापक्रम मापन गर्नका लागि थर्मल गर्न सकिने संकेत गरेपछि उद्घाटनसँगै सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
उद्घाटनको अवसर पारेर २० प्रतिशत छुट समेत दिइएको सञ्चालकहरुले बताएका छन् । विराटगरमा मात्रै ४० संख्या हाराहारीमा जिमखानाहरु सञ्चालनमा रहेका छन् ।


सरकारले जिमखाना सञ्चालन गर्न खुल्ला नगरि उद्घाटन भएको जिमखाना उद्घाटनको अवसरमा विराटनगर महानगरपालिका ३ का वडाध्यक्ष विनोद बस्नेत र १९ का वडाध्यक्ष बलभद्र सरदारको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्