निजी अस्पताल र कलेजले तलव नदिदाँ डाक्टर र नर्सलाई घरधनिले निकाल्न थाले

निजी अस्पताल र कलेजले तलव नदिदाँ डाक्टर र नर्सलाई घरधनिले निकाल्न थाले

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण देखाउँदै निजी अस्पताल तथा नर्सिङ कलेजहरुले चिकित्सक तथा नर्सिङहरुको रोजगारी खोसेको भन्दै चिकित्सक संघ र नर्सिङ संघले विरोध जनाएका छन् ।
प्रदेश १ मा कार्यरत १० हजार नर्सिङमध्ये सरकारी अस्पतालको सेवा सुविधा बुझ्ने बाहेक निजी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, मेडिकल, हेल्थ तथा नर्सिङ कलेजहरुमा अध्यापन गराउँदै आएकाहरुको सेवा सुविधा कटौती गरिएको हो ।

नर्सिङ पेशामा आवद्धमध्ये ७५ प्रतिशत र प्रदेश १ मा सरकारी अस्पतालमा कार्यरत ३०० हाराहारीका चिकित्सक बाहेक २ हजार ५०० सय चिकित्सकको अवस्था नाजुक बन्दै गएको दावी छ ।
नेपााल चिकित्सक संघ कोशी शाखा र नेपाल नर्सिङ संघ मोरङले शाखाले सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि दवावमा विदा बसाएर तलव कटौती गर्ने र खाईपाई आएको सेवा सुविधाबाट कुनैपनि वहानामा बन्चित गर्ने कार्य तत्काल रोक्नका लागि माग गरेका छन् ।
चिकित्सक संघ कोशीका अध्यक्ष फरवार्ड सिलवालले चिकित्सकहरुको फागुन महिना यताको सेवा सुविधा कतिपय अस्पतालले रोकेको बताएका छन् । उनले भने कतिपयले चैतको २५ र बैशाखको ५० प्रतिशत सेवा सुविधा कटौती गरेका छन् । जेठ महिनाको तलव नै नदिने पनि निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरु रहेको बताउँदै अध्यक्ष सिलवालले आन्दोलन गर्न नसक्ने अवस्थामा छन् भनेर बेइमानी गरिरहेको आरोप लगाएका हुन् ।


कोरोना संक्रमणका कारण सरकारले चैतमा लकडाउन आह्वान गरेपछि अस्पताल भर्ना हुने विरामीको संख्या न्यून रहेको थियो । तर, बैशाखदेखि नै निजी अस्पतालहरुले विरामीको भर्ना लिन थालेको बताउँदै अध्यक्ष सिलवालले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खाईपाई आएको सेवासुविधाबाट बन्चित गरिए त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिइका छन् ।
हामी अहिले आन्दोलनमा जान सक्दैनौं, नर्सिङ संघ मोरङ अध्यक्ष कविता अधिकारीले भनिन्–अस्पतालहरुले यहि बेला स्वास्थ्यकर्मीमाथि खेलबाड गरिरहेका छन् । उनले नर्सिङहरुलाई घरबेटीदेखि स्वास्थ्य संस्थाका सञ्चालकसम्मले दवाव दिएको बताउँदै कुनै घटना घटे त्यसको जिम्मेवारी लिनुपर्ने बताइन् । उनले ‘क्राईसिस’ आयो भने त्यसको व्यवस्थपन गर्नुपर्नेमा अनावश्यक दवाव दिने शैली सहि नभएको भन्दै आक्रोश पोखिन् ।

काम गरिरहको संस्थाले रकम नदिएपछि घरवालाको भाडा बुझाउन नसक्दा धेरै नर्सहरु तनावमा छन्, नर्सिङ संघ मोरङ सचिव मेनुका भण्डारीले भनिन्–बारम्बार हामीलाई केहि बोलिदिनु प¥यो भन्दै आएका छन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङहरुलाई समस्या नभएपनि निजी अस्पताल तथा कलेजहरुमा कार्यरतको अवस्था बिजोग भईसकेको उनीहरुको भनाई छ । मेडिकल तथा हेल्थ कलेजहरुले विद्यार्थीसँग सुरुमै वार्षिक शुल्क असुलिसकेका भएपनि उनीहरुलाई पढाउने चिकित्सक तथा नर्सहरुलाई कोरोनाको कारण देखाउँदै सेवा सुविधाबाट बन्चित गराउने गरिएको हो ।

यति धेरै पीडा दिईरहेका छन्, सचिव भण्डारीले भनिन्–घरवालाले दैनिक अस्पतालल जाने भनेर नर्सहरुलाई निकाल्ने धम्की दिईरहेका छन्, अस्पताल सञ्चालकले तलव दिदैनन् । कतिपय निजी अस्पताल तथा नर्सिङ कलेजहरुले दवावमा बिदा बस्न लगाएर तलवबाट बन्चित गराउँदै आएको चिकित्सक संघ र नर्सिङ संघको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्