प्रदेश १ मा १५ जना डिस्चार्ज ६ जनामा संक्रमण पुष्टि

प्रदेश १ मा १५ जना डिस्चार्ज ६ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा सोमबार १५ जनाले कोरोना भाईरस संक्रमण पराजित गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ७२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्