होमियो चिकित्सा काउन्सिलको माग

होमियो चिकित्सा काउन्सिलको माग

विराटनगर । होमियोप्याथिक चिकित्सा अध्ययन गरेका चिकित्सकहरुलाई दर्ताका लागि काउन्सिलको व्यवस्था गरिदिन प्रदेश सरकारसँग सम्बन्धित क्षेत्रका चिकित्सकहरुले माग गरेका छन् । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाउँदै होमियो चिकित्सा काउन्सिल गठनको माग गरेका हुन् ।

कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा स्थापना गर्न समेत अध्ययन प्रतिवेदनमा सुझाव दिइएका छन् । होमियोप्याथिक चिकित्सा पद्धतिको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवश्यकता कार्यदलले औल्याएको हो ।

प्रदेश १ मा ८० वटा होमियोप्याथिक चिकित्ससँग समबन्धि संस्थाहरु सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोप्याथिक संस्थाहरुबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्यविवरण दिईएको थियो ।
सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
कार्यदलमा अल नेपाल होमियोप्याथिक एशोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोप्याथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र राय लगायत रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्