विराटनगरमा  १३७ औं समुहका प्रहरी जवान दिक्षित

विराटनगरमा  १३७ औं समुहका प्रहरी जवान दिक्षित

बिराटनगर । प्रहरी जवान १३७ औ समुहको आधारभुत तालिममा सहभागी ९८ जना महिला सहित ८२१ जना प्रहरी जवानहरु सोमबार विराटनगरमा दिक्षित भएका छन् ।

प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५८७ जना, एक नम्बर प्रदेश शसस्त्र प्रहरी गण रानीमा १३९ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९८ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त दिक्षित गरिएको हो ।

गत २०७६ श्रावण २० गतेदेखी संचालित प्रहरी जवान १३७ औ समुहको २३४ कार्यदिनको आधारभूत तालिममा सहभागीहरुलाई १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीकोले दिक्षित गरेका हुन् ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफत ग्रहण गराएका थिए । १३७ औ समुहको दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले कोभिड –१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावकलाई निमन्त्रणा गर्न नसकिएको भन्दै दुःख व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्