विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ ।
बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।

 

गृहको परिपत्रसँगै प्रदेश १ को राजधानी विराटनगरमा यसलाई कडाईपूर्वक पालना गराउने तयारी जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयले गरेको छ ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी निर्देशक दिइएको छ । यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न भनिएको हो ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएपछि मंगलबारदेखि कोहिपनि बाहिर निस्कँदा मास्क अनिवार्य गरिएको हो ।
‘स्वास्थ्य मापदण्ड पालना नगर्दा पछिल्लो दिनमा समुदायस्तरमा कोरोना संक्रमण फैलन थालेपछि गृहले यसलाई अनिवार्य गर्दै अनावश्यक रुपमा बाहिर ननिस्कन भनेको छ । काठमाण्डौंसहित देशका विभिन्न जिल्लामा पछिल्लो समय संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरिएको छ । यसको पालना नगेरमा पक्राउ र जरिवाना समेत हुनेछ ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्करसेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्