बिराटनगरमा ‘माइन्ड ह्याक’ अनलाइन सेशन

बिराटनगरमा ‘माइन्ड ह्याक’ अनलाइन सेशन

विराटनगर । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आगामी शुक्रबार ‘माइन्ड ह्याक’ अनलाइन सेशन हुने भएको छ ।
स्टेज तथा टेलिभिजनका दुईहजार ५०० बढी कार्यक्रममा प्रस्तुति दिइसकेका तुषार राज कुमारले अनलाइन सेशन ‘माइन्ड ह्याक’ चलाउने भएका हुन् ।

यस कार्यक्रममा उनले ६० मिनेट सम्म सहभागीहरुको दिमाग पढ्ने लगायतका शो देखाउने छन् । उनले यस्ता कार्यक्रम २३ बढी देशमा देखाई सकेका छन् ।  शुक्रबार (असार २६ गते) बेलुका ७ देखि ८ बजे जुम मार्फत उनले कार्यक्रम गर्ने क्लबकी जनसम्पर्क बिभाग प्रमुख रक्तिम प्याकुरेलले जानकारी दिईन ।

कार्यक्रममा सहभागी हुन सहभागीले ५ सय रुपैँया सहभागिता शुल्क बुझाउनुपर्ने छ ।
कार्यक्रमबाट उठेको पैसा सामाजिक काममा लगाइने प्याकुरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्