चोरीको मोटर साइकलसहित तीनजना पक्राउ

चोरीको मोटर साइकलसहित तीनजना पक्राउ

विराटनगर । घरमा प्रवेश गरी मोटरसाइकल तथा सामान चोरी गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
मोरङ पथरीशनिश्चरे–२ सृजना चौकका आतेजुङ राईको घरबाट सोमबार (हिजो) राती चोरी भएको को ३४ प ६००४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले मोटरसाईकल सहितका धनमाल चोरी गर्ने पथरी शनिश्चरे–१० का २० वर्षीय निमा तामाङ, बेलबारी–२ का २० वर्षीय पृतिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेललाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई मोरङ पथरी शनिश्चरे–९ बाट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जानकारी दिइएको छ । पक्राउ परेकामध्ये निमा तामाङले गत जेठ ३२ गते पथरीशनिश्चरे –१ स्थित शान्ति मिनि मार्केटमा रहेको सबिता बस्नेतको पसलबाट र देश थाम्सुहाङको सटर फुटाएर जुत्ता चप्पल लगायत जिन्सी धनमाल गरी समेत चोरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्