विराटनगरका छ जनामा कोरोना संक्रमण

विराटनगरका छ जनामा कोरोना संक्रमण

विराटनगर । विराटनगरका ६ जनासहित प्रदेश १ मा मंगलबार ९ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ६८५ पुगेको हो ।

विराटनगरका ४ जना पुरुष र २ जना महिला, सुनसरीको धरानमा एकजना महिला र एक पुरुष, झापाको बाह्रदशीमा एक पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ ।
प्रदेश १ बाट मंगलबार ७ जना डिस्चार्ज भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका ३ जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रव उरावले जानकारी दिएका छन् । उनका अनुसार डिस्चार्ज हुनेहरु ६ वर्षीया बालिका देखि ५० वर्ष सम्मका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ देखि असार १३ गतेसम्म भर्ना भएकाहरु हुन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्