लागुऔषधसहित श्रेष्ठ पक्राउ

लागुऔषधसहित श्रेष्ठ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नजिकैबाट मोरङ प्रहरीले लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले प्र.१.०२.०४० प ५०२७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–३ का राजु श्रेष्ठलाई चेकजाँच गर्दा झोलामा बोकेको लागुऔषध नियन्त्रणमा लिइएको हो ।

श्रेष्ठले तारको झोलामा लुकाएर ल्याएको डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्कि र नाईट्रोभेट १५ चक्की नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्