प्रदेश १ का तीन जिल्लामा छैनन् संक्रमित, देशभर १६ हजार १६८ जना पुग्यो

प्रदेश १ का तीन जिल्लामा छैनन् संक्रमित, देशभर १६ हजार १६८ जना पुग्यो

विराटनगर। देशभर पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा देशभरका चार जिल्ला कोरोना भाईरस संक्रमणमुक्त भएको जनाएको छ ।

मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्री भएको बताए । उनका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्