विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगर । विराटनगरमा एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये चार जना एकै परिवारका हुन् । विराटनगर–१५ का ३२ वर्षीय महिला र १२, ९ र ७ वर्षीय बालक छन् । उनीहरु आमा छोरा हुन् ।

भारतबाट असार १६ गते सँगै आएका एउटै परिवारका पाँचजनामध्ये एकजनाको रिपोर्ट नेगेटिभ आएको थियो भने चारजनाको पोजेटिभ आएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

क्वारेन्टाइनमा बसेका उनीहरुलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ । यसैगरी अन्य दुईजनामध्ये विराटनगर–६ निवासी ४० वर्षीया महिला र विराटनगर–१७ निवासी २९ वर्षीय पुरुष रहेका छन् । विराटनगर–६ का पुरुष ८ दिन अगाडी कतारबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने महिला भारतबाट आएको महाशाखा प्रमुख कार्कीले जानकारी दिएका छन् । विराटनगरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्