२५ श्रावण २०७७, आईतवार

नेकपाका चार नेता कोशी अस्पताल विराटनगरको विकास समितिमा मनोनित

विराटनगर । कोशी अस्पताल विराटननगर विकास समितिमा नेपाल कम्यूनिष्ट पार्टीका चारजना नेतालाई मनोनयन गरिएको छ ।
विराटनगर कार्यक्षेत्र बनाएर पार्टी राजनीतिमा सक्रिय नेतादेखि निजी अस्पतालका सञ्चालकसम्मलाई विकास समितिमा मनोनयन गरिएको हो ।

        

अध्यक्ष भट्टराई,               सदस्यहरु क्रमशः यादव,                      बुढाथोकी                       कार्की

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढलकाले अस्पताल, बिकास समितिको अध्यक्षमा नेकपा मोरङका सचिवालय सदस्य महेश भट्टराई मनोनयन गरेका हुन् ।
यसैगरी सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टि मोरङ जिल्ला सदस्य तथा क्षेत्र नं ५ ‘ख’ का संयोजक देवा यादव र राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य मुकेश बुढाथोकी तथा महिला सदस्यमा शिल्पा कार्कीलाई मनोनयन गरिएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई विकास समितिको जिम्मा तोकिएको छ । मनोनितमध्ये यादव विराटनगर मलाया रोडमा सञ्चालित दिव्यज्योती आँखा अस्पतालका सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130