रोटरी विराटनगर डाउनटाउनले ‘फिड द हंग्री’ अभियान सञ्चालन गर्ने

रोटरी विराटनगर डाउनटाउनले ‘फिड द हंग्री’ अभियान सञ्चालन गर्ने

विराटनगर । रोटरी क्लब बिराटनगर डाउनटाउन को १६ औं साधारण सभा अनलाइन कार्यक्रममार्फत सम्पन्न गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण रोटरीले भर्चुवल साधारण सभा गरेको हो ।


सभाले २०२०÷२०२१ बर्षको कार्यकाल अध्यक्षका लागि रोटेरीयन दिप्ती अग्रवाल तोदीलाई चयन गरेको छ । त्यसैगरि महासचिवमा रोटरीयन गिरिजा सारडा र कोषाध्यक्ष रोटरीयन सरिता गोल्छा मनोनित भएकी छिन् । भर्चुवल साधारण सभामा प्रमुख अतिथिका रुपमा डिस्ट्रिक्ट गभर्नर राजिब पोख्रेल र विशिष्ट अतिथि डीजीई सन्तोष रिजाल रहेका थिए ।

नवनिर्वाचित समितिले कोभिड–१९ ले बिपन्न बर्गमा पारेको प्रतिकुल असरलाई मध्यनजर गर्दै ‘फिड द हंग्री’ अभियान संचालन गर्ने घोषणा गरेको छ । अभियान अन्तर्गत डाउनटाउनले ५० बिपन्न घरपरिवारलाई मासिक रुपमा महामारीको अन्तरालसम्म राहत सामग्री उपलब्ध गराउने अध्यक्ष तोदीले घोषणा गरेकी हुन् । यसैगरी कोभिड–१९ को असरलाई न्यूनीकरण गराउने उदेश्यले विभिन्न कार्यक्रम र कार्यशालाहरु आयोजना गर्ने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्