भारत जानेलाई कटाउँदै गरेको अवस्थामा विराटनगरका फारुक पक्राउ

भारत जानेलाई कटाउँदै गरेको अवस्थामा विराटनगरका फारुक पक्राउ

विराटनगर । भारत घर भई नेपालमा काम आएका भारतीय नागरिकहरुलाई सीमाका विभिन्न नाकाबाटकटाउँने एक जना व्यक्ति पक्राउ परेका छन् । सिटी रिक्सामा  भारतका चार जना नागरिकलाई लैजाँदै गर्दा विराटनगर–१४ रेल–वे मार्गबाट उनलाई पक्राउ गरिएको हो ।

 

प्रहरीले चारजना भारतीय नागरिकलाई लैजाँदै गर्दा विराटनगर–८ अशोक चौकका २७ वर्षीय मोम्मद फारुकलाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको टोलीले फारुकलाई सिटी रिक्सासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका फारुकमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थापाले बताएका छन् । फारुकले  आफ्नी आमालाई  भारतमा लिन जाँने क्रममा भारतीय नागरिकलाई रिक्सा रिजर्भ गराएर लिदैं गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्