अवैध सामानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लियो

अवैध सामानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लियो

विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको फेन्सी कपडा, किरानाका सामान तथा टिभी बरामद गरेको छ । अबैध रूपमा भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरिएका सामान प्रहरीले बरामद गरेको हो ।
विराटनगर–१६ भट्टिमोडबाट प्रहरीले दुईवटा साईकलमा ल्याउदै गरेको ‍अन्दाजी ४४ हजार बराबरको फेन्सी कपडा इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले सामान ल्याउँदै गरेका विराटनगर–१५ बस्ने २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मो.सोरहालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले बरामद गरेको सामान र नियन्त्रणमा परेका दुईजनालाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने गरिरहेको छ ।

यसैगरी विराटनगर–१६ दरैयाबाटै कपडा तथा किराना मालसामान अन्दाजी २२ हजार मूल्य बराबरको नियन्त्रणमा लिइएको छ । यसैगरी जहदा गाउँपालिका–२ जयरामकोटबाट प्रहरी चौकी मझारेले समेत को २७ प ४७७४ न.को मोटरसाइकलमा ल्याउँदै गरेको २ वटा ३२ ईन्चको स्मार्ट एलईडी टिभी नियन्त्रणमा लिइएको छ । प्रहरीले मोटरसाइकलसहित चालक मोरङ धनपालथान–२ खयरबोनाका २६ वर्षीय सचिन मण्डल र जहदा–७ महादेव पुलका प्रशान्त मण्डललाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । नियन्त्रणमा परेकाहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय विराटनगरमा बुझाउने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक मानवहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्