विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सामाजिक दुरी कायम गर्दै स्नातकोत्तर तहको पढाई सुरु

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सामाजिक दुरी कायम गर्दै स्नातकोत्तर तहको पढाई सुरु

विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक दुरी कायम गर्दै पढाई सुरु गरेको छ ।
क्याम्पसले मंगलबारदेखी शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर तह (एमएड) मा स्वास्थ्य सुरक्षा अपानाउदै पढाइ सुरु गरेको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि त्रिभुवन विश्वविद्यालयको आह्वान गरेसँगै चैत ७ गतेबाट क्याम्पसले सबै पठनपाठन बन्द गरेको थियो । क्याम्पसले पहिलो पटक एमएड कक्षा सुरु गरेको दुई हप्तामा नै कोरोनाका कारण पढाई बन्द भएको थियो ।
कोरोना भाइरसको संक्रमण बच्नको लागि गर्नु पर्ने नियम पालना गर्दै पुन पठनपाठन सुरु गरिएको शिक्षा संकायका प्राध्यापक बद्री पौडेलले बताए ।
यता महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा बाबुराम तिमल्सिनाले एउटा कोठामा कम्तिमा ५ देखी १० जना सम्म विद्यार्थीलाई सामाजिक दूरीमा राखी स्नातकोत्तरको शिक्षा शंकायको जनसख्या सम्बन्धी पढाई सुरु गरिएको तिमल्सिनाले बताए । यो अन्य दिनको जस्तो पढाई नभएर परिक्षणको लागी मात्र नमुना कक्षा सुरु गरेका हौँ तिमल्सीनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्