उर्लाबारीमा बेहोस बनाउने औषधी सेवन गराएर किशोरीलाई करणी

उर्लाबारीमा बेहोस बनाउने औषधी सेवन गराएर किशोरीलाई करणी

विराटनगर । मोरङको उर्लाबारी–५ मा १७ वर्षीया किशोरीलाई बेहोस बनाउने औषधी सेवन गराएर बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । किशोरीलाई २०७६ फागुन २७ गते घरमा उनकै घरमा कोही नभएको अवस्थामा स्थानीय २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदिप खतिवडाले बलात्कार गरेको आरोप लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

दुई युवाबाट बलात्कृत भनिएको किशोरी गर्भवती भएकी छिन् । उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि परिवारले स्वास्थ्य परीक्षण गराउन लगेका थिए । त्यस क्रममा किशोरी गर्भवती भएको खुलेको थियो । परिवारले दुई जना संलग्न भएर सामुहिक करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा परेका उनीहरु विरुद्ध जवरजस्ती करणी अभियोगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिएका छन् । उनीहरुलाई दुई दिन अगाडी असार २२ गते नियन्त्रणमा लिइएको हो ।
बेहोस हुने औषधी सेवन गराएर बलात्कार गरेका उनीहरुले कसैलाई भने मार्ने धम्की समेत दिइएको खुलेको छ । पीडित र उनका परिवारले दोषीलाई हदैसम्म कारवाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्