सुनसान रंगेलीको सन्सारी माई

सुनसान रंगेलीको सन्सारी माई

रबिन्द्र बराल
रंगेली । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरुवात गरेपछि रंगेलीको सन्सारी माईस्थान सुनसान छ ।  मोरङको ऐतिहासिक एवम पौराणिक महत्त्व बोकेको सन्सारी माई मन्दिरमा पहिलो पटक भक्तजनको उपस्थिति शुन्य भएको हो ।

लकडाउन केही खुकुलो भएपनि मन्दिर क्षेत्रमा चहलपहल बढ्न सकेको छैन । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास र प्रवद्र्धन गरिदैं आएको मन्दिर स्थापनापछि पहिलो पटक सुनसान बनेको हो । विराटनगरदेखि २२ किलोमिटर पूर्वमा रहेको रंगेली नगरपालिका–७ मा अवस्थित चिसाङ खोलाको बगरमा रहेको मन्दिरलाई साक्षात देवीको बासस्थानको रुपमा भक्तजनले विश्वास गर्दै आएका छन् ।

प्रदेश १ का झापा, मोरङ र सुनसरीसहित भारतको कलकता, हरियाना, कुवाडि कुर्साकट्टालगायत स्थानबाट दर्शन गर्नका लागि भक्तजनहरु आउने गरेका थिए । मन्दिरमा बोकाको बलि समेत दिने प्रचलन रहेको छ । शनिबार र मंगलबार बलि दिनेहरु मन्दिरमा आउने गरेका थिए ।

मंन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सन्जिव श्रेष्ठका अनुसार कोरोना भाइरका कारण मासिक १ लाखदेखि २ लाख रुपैयाँ सम्मको मन्दिरको आम्दानि समेत रोकिएको छ । संसारी माईको मन्दिरमा प्रदेश सरकारले गतवर्षदेखि फुलपात्ती बढाँई सुरु गरेको छ । नवरात्रको समयमा भाकल गर्दा ९ दिनमा मनकामना पूरा हुने र अरु समयमा भाकल गरे ९० दिन भित्र आफ्नो मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
मन्दिरको नाममा रहेको ३ विघा १७ कठ्ठा जमिनमा विभिन्न संरचनाहरु निर्माणसँगै थप १ बिघा जमिन खरिद गरिएको छ । मन्दिरको सुरक्षाको लागि सिसी क्यामेरा पनि जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्