प्रदेश १ मा कोरोना संक्रमण : १७ जना थपिए, ४९ जना डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण : १७ जना थपिए, ४९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण पुटि भएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, बिर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीमा २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७०२ पुगेको छ ।

संक्रमित थपिएपनि प्रदेश १ मा बुधबार मात्रै ४९ जना डिस्चार्ज भएका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५२७ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्