एरागन होटेल स्कुल र कोशि विद्या मन्दिर मर्ज

एरागन होटेल स्कुल र कोशि विद्या मन्दिर मर्ज

विराटनगर । कोशी विद्या मन्दिर र एरागन होटेल स्कुल मर्ज भएका छन् । बुधबार एरागन होटेल स्कुल र कोशि विद्या मन्दिरले संयुक्त रुपमा मर्जको घोषणा गरेका हुन् ।

होटल व्यवस्थापन शिक्षामा नयाँ आयाम दिनका लागि दुई विद्यालय मर्ज भएको दावी गरिएको छ । कोशि विद्या मन्दिरका प्रधानाध्यापक दीजनबाबु काफ्लेले दुवै विद्यालयको मर्जसँगै नयाँ व्यवस्थापनमा सञ्चालन गरिने बताएका छन् ।
कोशि विद्या मन्दिरले तीन बर्षदेखि होटल व्यवस्थापन कक्षा सञ्चालन गर्दै आएको थियो भने पाँच बर्षदेखि एरागन होटल स्कुल सञ्चालनमा थियो । कोरोना भाइरसका कारण होटल व्यवस्थापन शिक्षामा निरासा जन्माएको भएपनि त्यसलाई चिर्न नयाँ ढंगले अगाडी बढ्नु पर्ने त्यस अवसरमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्