कटहरीका ज्येष्ठ नागरिकलाई जुत्ता र छाता

कटहरीका ज्येष्ठ नागरिकलाई जुत्ता र छाता

विराटनगर । मोरङको कटहरी गाँउपालिकाका जेष्ठ नागरिकहरुलाई वर्षात्को समयमा दैनिक आवश्यक पर्ने सामाग्री वितरण गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत ४० जना जेष्ठ नागरिकका लागि आवश्यक सामाग्रिहरु वितरण गरिएको हो ।

कटहरी २ स्थित आदर्श पुस्तकालय परिसरमा आयोजित कार्यक्रमका जुत्ता, छाता, टर्चलाईट, झुल र गम्छासहित नगद ५ सय रुपैँया समेत प्रदान गरिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, कटहरी गाँउपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार र आयोजक संस्थाका अध्यक्ष मृत्यूञ्जय झाले जेष्ठ नागरिकहरुलाई सामाग्रि हस्तान्तरण गर्नु भएको थियो । गाँउपालिकाको वडानम्बर १, २ र ३ का ज्येष्ठ नागरिकले सामान पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्